My Diary

अपुरो माया

सोचेको थिएँ हामीसँगै सधैँ रमाउला
दुख पीडा भुलेर एक अर्कोमा हराउला ।।

धेरै आए मेरा सामु तिमीजस्तो कोही आएन
मेरा नयनले तिमीलाई छोडी अरुमा गएन ।।

व्यर्थ भए कल्पेका सपना टुटिगए आशाहरु
हामी साथ नहुँदामा रोई गए कोईलीहरु ।।

साँचो माया लाउँदा पनि तिम्रो लागि घात भएँ
धेरै माया दिन खोज्दा अस्ताएको घाम भएँ।।

सधैँ जले तिम्रो मायामा कहिले खरानीको रास भएँ
तिमीलाई कुर्दाकुर्दै आफ्नै जिवन ब्यर्थ बनाए।।

अधुरो रह्यो मेरो माया कहिल्यै पुरा भएनन्
जलिगए मेरा सपना तिमीलाई पाउने आश मरेनन् ।।